कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

बागमतीमा मन्त्रिपरिषद विस्तार : १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त

सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) बाट चार जना मन्त्री थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बागमती प्रदेशमा एकै दिन दुई पटक मन्त्री परिषद् विस्तार गरी मन्त्री मण्डल गठनलाई पूर्णता दिइएको छ। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) बाट चार जना मन्त्री थपिएका हुन्।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मङ्गलबार साँझ एमालेबाट चारलाई जना मन्त्री पदमा नियुक्त गर्नुभएको हो।

प्रदेश प्रमुख शर्मासँग प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा  नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

एमालेबाट केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकलाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

केशवप्रसाद पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि मङ्गलबार बिहान मात्र मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख शर्माले नेकपा (एकीकृत समाजवादी)का प्रदेश सभा सदस्य रमा आले मगरलाई मन्त्रीमा नियुक्त गरेर मन्त्री परिषद् विस्तार गर्नुभएको थियो।

मन्त्रालयपछि तोक्ने गरी आलेमगरलाई बिना विभागीय मन्त्रीमा नियुक्ति गरिएको थियो। एमालेका चार मन्त्री थपिएसँगै १२ सदस्यीय मन्त्री परिषदमा मन्त्रीको सङ्ख्या १३ पुगेको छ।

सत्ता समीकरण परिवर्तन भएसँगै यसअघि चैत १५ गते हाम्रो नेपाली पार्टीबाट दलका नेता शैलेन्द्रमान बज्रचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र चैत १७ गते एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसहित मन्त्री परिषद् विस्तार गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार