कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्ति एक करोड ८० लाख ८८ हजार नौ सय ८३ मतदाता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।

आयोगबाट उपनिर्वाचनलाई लक्ष्य गरी देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आज सार्वजनिक गरिएको हो।

आयोगले आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये ८८ लाख ८६ हजार दुई सय २६ महिला, ९२ लाख दुई हजार पाँच सय ६९ पुरुष, अन्य एक सय ८८ गरी कूल एक करोड ८० लाख ८८ हजार नौ सय ८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा सबैभन्दा बढी मोरङमा तीन लाख ६२ हजार नौ सय ७३ पुरुष र तीन लाख ७६ हजार चार सय ११ र अन्य ६ गरी जम्मा सात लाख ३९ हजार तीन सय ९० मतदाता तथा सबैभन्दा कम मनाङमा तीन हजार पाँच सय ३० महिला र तीन हजार तीन सय १९ गरी जम्मा ६ हजार आठ सय ४९ मतदाता रहेका छन्। गत वैशाख १० गते भएको निर्वाचनभन्दा यस पटक ८७ हजार चार सय १७ मतदाता थप भएका छन्।

आशन्न उपननिर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा क्रमशः चार सय २२ मतदाता थप भई एक लाख १५ हजार आठ सय ८९ मतदाता तथा बझाङ जिल्ला क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन ‘क’ मा ६ सय ३८ मतदाता थप भई ६१ हजार सात सय ४८ मतदाता कायम भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार