कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

जनतामा आशा जगाउने काम मात्र गर्छौं :मन्त्री गिरी

सङ्कटमा आएको सरकार भएकाले जनतामा आशा जगाउने काम गरेरै छाड्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताउनुभएको छ ।

प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले भन्नुभयो– “केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने छौँ ।” सङ्कटमा आएको सरकार भएकाले जनतामा आशा जगाउने काम गरेरै छाड्ने उहाँको भनाइ थियो ।

देशको अर्थतन्त्र धराशायी, विकास निर्माणको काम सुस्त, सुशासन प्राप्त गर्न नसक्नु, निर्माणाधीन काम अलपत्र र व्यवसायी सङ्कटमा परेको वर्तमान अवस्थामा यसलाई कसरी सुधार गरेर अगाडि बढ्ने भन्ने बारेमा सरकार चिन्तित रहेको मन्त्री गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “देशको अर्थतन्त्रलाई चलायमान र जनतामा समृद्धि ल्याउन सरकार सक्रिय भएर लाग्छ ।”

सङ्घीय सरकारद्वारा अधिकांश कानुन बनाउन बाँकी रहेको अवस्थामा संसदीय समितिलाई सक्रिय बनाउँदै छिटोभन्दा छिटो सङ्घीयता र नेपाली जनतालाई अनुकूल हुने ऐन कानुन ल्याउने मन्त्री गिरी बताउनुहुन्छ । ऐन कानुन निर्माण गर्दा नेपाली जनताका सुझाव पनि सङ्कलन गरिने र उपयुक्त सुझावलाई समेट्ने जानकारी पनि उहाँले दिनुभयो ।

वर्तमान समयमा सहकारी संस्थामा देखापरेको बचतकर्ताको पैसा अपचलनका बारेमा संसद्मा नेपाली कांग्रेसका सांसदहरुले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको उल्लेख गर्दै मन्त्री गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताउनुभयो । “संसदीय छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हैन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँ”, उहाँले भन्नुभयो, “सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार