कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

एमाले र माओवादीद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

एमालेका हिक्मतकुमार कार्की र माओवादी केन्द्रका इन्द्रबहादुर आङवोले ५२ जना सांसदको हस्ताक्षरसहित पत्र बुझाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्तासहित चार वटा छुट्टाछुट्टै पत्र आज संयुक्त रुपमा बुझाएका छन् ।

प्रदेश प्रमुख खापुङलाई नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र नेकपा (माओवादी केन्द्र)का संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ जना सांसदको हस्ताक्षरसहित उक्त पत्र बुझाउनुभएको हो ।

प्रदेश प्रमुख खापुङ समक्ष उहाँहरूले नेकपा एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा नयाँ सरकार गठन, प्रदेशको विशेष अधिवेशन आव्हान गर्न, वैकल्पिक सरकार गठन र समर्थन फिर्ताको गरी चार वटा पत्र बुझाउनुभयो ।

प्रदेश प्रमुख खापुङले पत्र बुझ्दै आवश्यक कानूनी सरसल्लाहबाट चाँडै संसद्को विशेष अधिवेशन आव्हान गर्ने बताउनुभयो ।

सो अवसरमा नेकपा एमाले र माओवादी केन्द्रका पूर्व मन्त्री तथा सांसदहरूको उपस्थिति रहेको थियो । यस अघि कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री समक्ष राजीनामा दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार