कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

मुख्यमन्त्री कार्कीले अविलम्ब राजीनामा दिनुपर्छ : एमाले-माओवादी

चैत २६ देखि चैत ३० गतेभित्र वर्तमान कोशी सरकारले विश्वासको मत लिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन्।

कोशी प्रदेशसभामा एमालेका प्रमुख सचेतक रेवतीरण भण्डारीले प्रदेशसभा सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा यही चैत २६ गते प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष ५२ प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको पत्र बुझाएकाले मुख्यमन्त्री कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने बताए।

नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम समर्थन फिर्ता लिएपछि चैत २६ देखि चैत ३० गतेभित्र वर्तमान कोशी सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको उनले उल्लेख गरे।

प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री कार्कीलाई ३० दिनभन्दा अगाडि नै संसदीय प्रक्रियामार्फत राजीनामा दिनसमेत आग्रह गरे। उनले मुख्यमन्त्री कार्कीलाई आजदेखि नयाँ कार्यक्रम स्वीकृत नगर्न, पुराना कार्यक्रम हटाउने वा विस्थापित नगर्न, अब बन्ने प्रदेश सरकारलाई प्रभावित गर्ने नीतिगत निर्णय नगर्न तथा सरकारी कामकारबाहीलाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा नगर्नसमेत अपिल गरेका छन्।

माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईले अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले नयाँ सरकार गठनका लागि राजीनामा दिनुपर्नेमा जोड दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार