श्रावण ४, २०८२ आइतबार July 20, 2025

बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु

हड्डी भाँचिएमा मेटल प्लेट वा पेँच राख्नेलगायतका जटिल समस्याका लागि पनि आवश्यक पूर्वाधार तयार गरी अस्पतालबाटै सेवा दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलेश्वर (म्याग्दी), ३ वैशाख : म्याग्दीको बेनी अस्पतालमा नसा तथा हाडजोर्नीका बिरामीका लागि अर्थोपेडिक (हाडजोर्नी शल्यचिकित्सा) सेवा सुरु भएको छ । अर्थोका कन्सल्टेन्ट डा प्रतिक आचार्य अस्पतालमा आएपछि गत शुक्रबारदेखि अस्पतालमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको हो ।

विशेषज्ञ सेवा सुरु भएपछि हाडजोर्नी तथा नसा रोगका बिरामी अब सामान्य उपचारका लागि काठमाण्डौँ, पोखरा, नेपालगञ्जलगायत सहरमा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

बेनी अस्पतालमा गत शुक्रबारदेखि नियमित सेवामा रहनुभएका डा आचार्यले यसअघि बागलुङ अस्पतालमा हाडजोर्नीसम्बन्धी जटिल शल्यक्रियामा सफलता प्राप्त गर्नुभएको थियो । डा आचार्यले बेनी अस्पतालमा पनि जटिल शल्यक्रियाका लागि आवश्यक पर्ने उपकरण अस्पताल व्यवस्थापन समितिमार्फत व्यवस्थापन गरिने बताउनुभयो ।

बेनीमा वैशाख २ गते आइतबारदेखि हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो । “अब हाडजोर्नी तथा नसासम्बन्धी उपचार गर्न टाढा जानु पर्दैन । बेनी अस्पतालमा नै हुन्छ । हामीले जटिल शल्यक्रियाका लागि समेत उपकरण थप्दैछौँ”, उहाँले भन्नुभयो ।

“यहाँबाट दिन सकिने सबै सेवा उपलब्ध गराउँछौँ । यहाँ गर्न नसक्ने अवस्थाका बिरामीलाई मात्रै रिफर गर्नुपर्छ”, डा आचार्यले भन्नुभयो । हाडजोर्नी, नसाको समस्याका साथै हड्डी भाँचिएमा मेटल प्लेट वा पेँच राख्नेलगायतका जटिल समस्याका लागि पनि आवश्यक पूर्वाधार तयार गरी अस्पतालबाटै सेवा दिइने व्यवस्थापन समितिले जनाएको छ । बेनी अस्पतालमा फिजियोथेरापी सेवा उपलब्ध भए पनि अर्थोका चिकित्सक नहुँदा बिरामीलाई समस्या हुने गरेको थियो ।

फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मँदा नै शारिरीकरुपमा असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेलगायत रोगको उपचारमा सहज हुने समितिका अध्यक्ष सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा अन्तरङ्ग र बहिरङ्ग विभागका अतिरिक्त शल्यक्रियामार्फत प्रसूति सेवा, एपेन्डिसाइटिस, हर्नियाको उपचार, दन्त सेवा, आँखा उपचार सेवा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकाली सेवा केन्द्र र डायलाइसिस सेवा उपलब्ध छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार