श्रावण ४, २०८२ आइतबार July 20, 2025

दार्चुलाको अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, वैशाख ५ गते । दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा चार दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ । सुदूरपश्चिम प्रदेश सरकार र अपि हिमाल गाउँपालिकाको सहकार्यमा नेपाल फार्मेसी सङ्घ र सिपी अस्पताल धनगढीले चार दिने स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

गत चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म सञ्चालित शिविरबाट ६९४ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा ४६५ महिला र २२९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएको अपि हिमाल गाउँपालिकाका कर्मचारी मदनराज जोशीले बताउनुभयो ।

पहिलो दिन अपि हिमाल गाउँपालिका–५ ओखालमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । पहिलो दिन सो क्षेत्रका ६५ महिला र ४२ पुरुषगरी १०७ जनाले उपचार सेवा लिएका छन् ।

दोस्रो र तेस्रो दिन वैशाख २ र ३ गते अपि हिमाल गाउँपालिका –४ चिल्ढुङ्गामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । दोस्रो दिन १७२ महिला र ७१ पुरुष गरी २४३ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । तेस्रो दिन १२१ महिला र ६४ पुरुष गरी १८५ जनाले उपचार सेवा लिएका छन् ।

दोस्रो र तेस्रो दिन ५९ जनाको भिडिओ एक्स-रे गरिएको उहाँले बताउनुभयो । चौथो दिन अपि हिमाल गाउँपालिका –१ सितिमा आयोजना गरिएको स्वास्थ्य शिविरमा १०७ महिला र ५२ पुरुष गरी १५९ जनाले स्वास्थ्य उपचार सेवा लिएको अपि हिमाल गाउँपालिकाले जनाएको छ । शिविरमा महिलाको उल्लेख्य सहभागिता थियो । गाउँमै स्वास्थ्य सेवा पाएपछि खुसी लागेको स्थानीय देबकी बोहराले बताउनुभयो ।

दुर्गम पालिका अपि हिमालमा दुई वटा स्वास्थ्य चौकी र अन्य चार वटा सामुदायिक स्वास्थ्य केन्द्र र केही बर्थिङ सेन्टर सञ्चालनमा छन् । १० शय्याको अस्पताल निर्माणाधीन अवस्थामा रहेकाले भवन निर्माण सम्पन्न भइसकेपछि पालिकाबाटै विशेषज्ञ चिकित्सकसहितको सेवा दिने तयारी रहेको, हालसम्म स्वास्थ्य शिविर आयोजना गरेर सेवा प्रदान गर्दैआएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार