जेठ ८, २०८१ मंगलबार May 21, 2024

मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन रहेको छ।

यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को (२) अनुसार अर्को दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए। उक्त दुई दिनको समय आज साँझ सकिनेछ।

सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर दुईमध्ये कसैका पक्षमा पनि बहुमत सदस्य नदेखिएपछि आज एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्।

सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले गर्ने सहमति भएपनि एकीकृत समाजवादीका नेता सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने एमालेले जनाएको छ।

स्रोतका अनुसार एमालेले सोडारीबाहेकका जोसुकैलाई पनि मुख्यमन्त्रीमा समर्थन गर्न सकिने तर, उनलाई मुख्यमन्त्री बनाउन नहुने अडान लिएको बताइएको छ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात नेकपा (एकीकृत समाजवादी)का चार राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
२०८१ जेठ ८, मंगलबार
राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली काँग्रेस गम्भीर हुनुपर्छ: अध्यक्ष ओली
२०८१ जेठ ८, मंगलबार
सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
२०८१ जेठ ८, मंगलबार
सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेटवार्ता
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेटघाट
२०८१ जेठ ८, मंगलबार