श्रावण ४, २०८२ आइतबार July 20, 2025

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

स्वास्थ्य बीमितलाई स्वास्थ्य बीमामार्फत नै सेवा उपलब्ध गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ, ६ वैशाखः सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।

शनिबार र सार्वजनिक बिदाबाहेक अन्य दिनमा सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ । सेवा बिस्तारका समयमा सेवा लिन आउँदा थप शुल्क तिर्न नपर्ने अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बीमितलाई स्वास्थ्य बीमामार्फत नै सेवा उपलब्ध गराइनेछ । अस्पतालले सेवा बिस्तार गरेसँगै सबै वर्गका व्यक्तिले सहज रूपमा उपचार सेवा पाउन सक्ने उहाँले बताउनुभयो ।

कर्मचारीले आफ्नो दैनिक कार्यालय समयबाहेक सेवा लिन सक्ने, विद्यार्थीले आफ्नो अध्ययन छाड्न नपर्ने गरी सेवा लिन सक्ने, ज्याला मजदुरले आफ्नो दैनिक ज्याला मजदुर छाड्न नपर्ने र व्यापार व्यवसायीले आफ्नो व्यापारमा असर नपर्ने गरी सेवा लिन सक्ने छन् ।

“बिहानै खाली पेटमा परीक्षण गर्नुपर्ने सबै सेवाग्राहीलाई सहज हुनेछ”, उहाँले भन्नुभयो, “भीडभाडमा कमी भई सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने समस्याको अन्त्य हुनेछ ।” यस अस्पतालबाट अन्यत्र अस्पतालमा सिफारिस भई जान चाहने बिरामीका लागि समयमै सिफारिस गर्न सकिने हुँदा जान सहज हुने अस्पताल प्रशासनले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार