जेठ ५, २०८१ शनिबार May 18, 2024

पार्टीलाई सिद्ध्याउने षडयन्त्र भइरहेको छः रवि लामिछाने

जनताले उठाएको शक्तिलाई सक्काउने ताकत कसैसँग नरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इलाम। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफ्ना पार्टीलाई सिद्धाउने षडयन्त्र भइरहेको बताएका छन्।

शनिबार इलाममा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै लामिछानेले बर्षौदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिद्धाउने षडयन्त्र भइरहेको बताएका हुन्। उनले रास्वपालाई सिद्ध्याउने षडयन्त्र भएपनि जनताले उठाएको शक्तिलाई सक्काउने ताकत कसैसँग नरहेको धारणा राखे।

लामिछानेले देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको बताए। चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्ने उनले बताए।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले मौन अवधिमा हुने आचारसंहिताका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया