श्रावण ४, २०८२ आइतबार July 20, 2025

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।

महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखिखोपको अभाव भएको जानकारी दिए । माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

भीमदत्त नगरपालिका–१८ का नरेश जोशीले अस्पतालमा रेबिजविरुद्धको खोप नपाएपछि समस्यामा परेको गुनासो गरे । ‘घरमै पालेको कुकुरले खुट्टामा टोकेपछि रेबिज खोप लगाउन अस्पताल गएको थिएँ तर अभाव छ भनेर फिर्ता पठाइयो । निजी अस्पतालमा पनि सहजै पाउने अवस्था छैन । पाइहालेमा चार गुणाबढी मूल्य तीर्नुपर्ने बाध्यता छ’, उनले भने ।

अर्का सेवाग्राही खुसी चौधरीले पनि निःशुल्कपाउने गरेको महाकाली प्रादेशिक अस्पतालमा खोप अभाव भएपछि निजी अस्पतालमा रु छ सय तिरेर खोप लगाउनुपरेको गुनासो गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार