श्रावण ३१, २०८३ आइतबार August 16, 2026

भेरी अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पतालले ८० प्रतिशत अङ्क पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा उत्कृष्ट भएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत गुणस्तर तथा नियमन महाशाखाले गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ । स्थलगत अनुगमन तथा मूल्याङ्कनमा अस्पतालले उक्त अङ्क प्राप्त गरेको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६९, डडेलधुरा अस्पतालले ६५ र गजेन्द्रनारायण अस्पतालले ३२ अङ्क पाएको गुणस्तर तथा नियमन महाशाखाले जनाएको छ । भेरी अस्पतालले विगत ३ वर्षदेखि उत्कृष्ट अङ्क प्राप्त गरिरहेको छ । भेरी अस्पतालले यसअघि सन् २०१९ मा ६१ प्रतिशत, सन् २०२२ मा ६७ र सन् २०२३ मा ७५ प्रतिशत अङ्क प्राप्त गरेको थियो ।

अस्पतालको भौतिक पूर्वाधार, सुशासन व्यवस्थापन, स्वास्थ्य सेवा प्रवाहलाई आधार मानेर मूल्याङ्कन गरिएको हो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.पवनजंग रायमाझीले सबैको मेहनतले ८० प्रतिशत अङ्क प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अवस्थालाई पनि आधार मानेर बजेट विनियोजन, स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन लगायतका काम गर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार