असोज १९, २०८३ सोमबार October 5, 2026

५८ जिल्लामा फैलियो फौजी किरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । २०७६ साउनमा नेपाल भित्रिएको अमेरिकी फौजी किरा ११ महिनामा ५८ जिल्लामा फैलिएको पुष्टि भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो किराले सातै प्रदेशमा मकैको खेती नाश गर्न थालेको छ । यसले उमिँ्रदै गरेको मकैको सुइरोदेखि डाँठ र छिप्पिएको सिङ्गो बोटसम्म खाइदिन्छ ।

मकैमा किराको प्रकोप बढेको गुनासोपछि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले देशभरबाट विवरण मागेको थियो । केन्द्रले पाएको विवरणमा प्रदेश १ का ११ जिल्लाका ३२ हजार ५४० घरधुरी किसान फौजी किराबाट प्रभावित भएको उल्लेख छ ।

क्षतिको जिल्लागत विवरण

प्रदेश १ का उदयपुर, ओखलढुंगा, सुनसरी, भोजपुर, इलाम, झापा, खोटाङ, धनकुटा, पाँचथर र मोरङमा करिब एकलाख २२ हजार ३९५ हेक्टर मकै बालीमध्ये १० हजार ६३४ हेक्टरमा किराको प्रकोप देखिएको छ । प्रदेशको कुल मकै खेतीमध्ये २५ प्रतिशतमा किराको प्रकोप रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्रदेश २ का धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र सिराहा गरी सात जिल्लाको मकै खेतीमध्ये २५ प्रतिशतमा अमेरिकी फौजी किराको प्रकोप देखिएको छ ।

वाग्मती प्रदेशका १३ जिल्लामा फौजी किरा देखिएको छ । यो प्रदेशका रामेछाप, चितवन, मकवानपुर, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा र काभ्रे जिल्लाको कुल मकै खेतीमध्ये २० प्रतिशतमा किराले क्षति पुर्‍याएको छ ।

गण्डकी प्रदेशको स्याङ्जा, तनहुँ, नवलपुर, गोरखा, बागलुङ, कास्की, लमजुङ र पर्वत जिल्लाको २५ प्रतिशत मकै बाली फौजी किराले नाश गरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्रदेश ५ का बाँके, बर्दिया, दाङ, रोल्पा, प्युठान, कपिलवस्तु, गुल्मी, रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखाँची र रुकुम गरी १२ जिल्लामा फौजी किरा पुगेको छ । यो प्रदेशमा कुल मकै खेतीको २० प्रतिशत बालीमा किराको क्षति देखिएको छ ।

कर्णाली प्रदेशको सुर्खेत, दैलेख, सल्यान र जाजरकोटको मकै बालीमध्ये १५ प्रतिशत यो किराले खाइदिएको छ भने सुदूर पश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र दार्चुलाको कुल मकै खेतीमा २० प्रतिशत क्षति पु¥याएको छ ।

कृषि मन्त्रालयका प्रवक्ता समेत रहेका सह–सचिव डा. हरिबहादुर केसीका अनुसार नेपालको कुल मकै खेतीमध्ये २१ प्रतिशतमा फौजी किराले क्षति पु¥याएको देखिएको छ ।

फौजी किराको विशेषता

अमेरिकी फौजी किराको वैज्ञानिक नाम स्पोडोपेट्रा फ्रेगिपेड्रा हो । यसबाहेक यसको अरू छ वटा वैज्ञानिक नाम छ । यो किरालाई जर्मनीमा हेरवूर्म र स्पेनमा कोगोल्लेरो डेल माईज नामले पनि चिनिन्छ । यसको नाम देशपिच्छे फरक छ ।

हल्का खैरो र हल्का पहेँले रङ्गको यो किराको अण्डा ०.४ मिलिमिटर र लार्भा ४.५ सेन्टिमिटर लामो हुन्छ । अमेरिकी फौजी किराका वयस्क भाले १.६ सेन्टिमिटर लामो हुन्छ । यसको पखेटाको फैलावट ३.७ सेन्टिमिटर हुन्छ ।

किरासम्बन्धी वैज्ञानिक इन्साइक्लोपेडियाका अनुसार फौजी किराको वयस्क पोथी १.७ सेन्टिमिटर लामो र यसको पखेटाको फैलावट ३.८ सेन्टिमिटर हुन्छ ।

पहिलो पटक सन् २०१६ मा अमेरिका र त्यसपछि पश्चिम अफ्रिकामा देखिएको यो किरा अहिले एसियाको २५ मुलुकमा फैलिएको छ । यो किराको पुतली एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना
२०८३ असोज १९, सोमबार
पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री महावीर पुन
२०८३ असोज १९, सोमबार
राष्ट्र बैंकद्धारा आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १९, सोमबार
आज सोमबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १९, सोमबार
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार