जेठ ५, २०८१ शनिबार May 18, 2024

मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्न सभासमक्ष राख्नुभएको प्रस्तावको पक्षमा जम्मा २३ मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, वैशाख १३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको १० औँ बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

कुल ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा ३५ सदस्य उपस्थित हुनुहुन्थ्यो । उपस्थित २३ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गर्नुभएको थियो । यस्तै १२ प्रदेशसभा सदस्यले उहाँको विपक्षमा मतदान गर्नुभएको थियो । एक सदस्य तटस्थ रहनुभयो ।

मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्न सभासमक्ष राख्नुभएको प्रस्तावको पक्षमा जम्मा २३ मत परेको र उक्त सङ्ख्या प्रदेशभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकाले सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

हाल कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १० तथा नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र एक एक गरी ४० सदस्य छन् । प्रदेशसभाको अर्को बैठक यही वैशाख १७ गते दिउसो ३ बजे बस्ने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार