कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सरकारको एक्लो प्रयासले मात्रै देशको आर्थिक अवस्थामा सुधार आउन सक्दैन : मन्त्री शर्मा

आगामी बजेटमा कृषि, पर्यटन र ऊर्जा क्षेत्र सँगसँगै सूचना प्रविधि क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखिने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशलाई आर्थिक सङ्कुचनको अवस्थाबाट बाहिर निकाल्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले आयोजना गरेको डिजिटल एक्सपो –२०२४ को उद्घाटनका अवसरमा आज काठमाडौँमा आयोजक कार्यक्रममा सञ्चार मन्त्री शर्माले सरकारको एक्लो प्रयासले मात्रै देशको आर्थिक अवस्थामा सुधार आउन नसक्ने बताउनुभयो ।

मन्त्री शर्माले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमको तयारी गरिरहेको उल्लेख गर्नुहुँदै आगामी बजेटमा कृषि, पर्यटन र ऊर्जा क्षेत्र सँगसँगै सूचना प्रविधि क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखिने बताउनुभयो ।

मन्त्री शर्माले सूचना प्रविधिको विकासलाई सरकारले युवा जनशक्तिको बढ्दो विदेश पलायन रोक्ने महत्त्वपूर्ण औजारका रूपमा लिएको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा लगानी बढाउन सके सुशासन प्रवर्द्धन तथा रोजगारीका अवसरहरूको सिर्जना गर्न सकिनेमा सरकार स्पष्ट रहेको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल च्याम्वर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्षहरू सुरकृष्ण वैद्य र हेमराज ढकाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंह लगायतले देशको आर्थिक अवस्थालाई गति दिन सरकारले विकास खर्च बढाउनुपर्ने र कर नीतिमा परिमार्जन गरी साना तथा मझौला उद्योगको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२०८३ कार्तिक २७, शुक्रबार
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार