जेठ ७, २०८१ सोमबार May 20, 2024

संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार : पूर्ण बस्नेत

सरकार, संसद र जनसंघर्षलाई पनि कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्दै जसपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँचवटा मुख्य कार्यभार तय गरेको छ ।

पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार तय गरेको छ । जसअनुसार जसपाले पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतालाई  मुख्य कार्यभार तय गरेको हो ।

यसैगरी सरकार, संसद र जनसंघर्षलाई पनि कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार, वैचारिक राजनीतिक काम, संगठनात्मक काम, प्रचारात्मक कामसमेत कार्यभारको रुपमा समेटिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया