श्रावण ४, २०८२ आइतबार July 20, 2025

फर्टिलिटी सोसाइटीको अध्यक्षमा पुनः डा. रिजाल सर्वसम्मत

महासचिव डा. स्वस्ति शर्मा, सह-महासचिवमा डा. रश्मि श्रीश, कोषाध्यक्क्षमा डा. मीरा थापा चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन)को अध्यक्षमा पुनः डा. भोला रिजाललाई चयन गरिएको छ।

शनिवार काठमाडौंमा आयोजित फेसोनको बार्षिक साधारण सभाले डा. भोला रिजाललाई पुनः अध्यक्षमा मनोनित गरेको हो। यसअघी पनि डा. रिजालेनै सोसाइटीको नेतृत्व गरेका थिए।

त्यसैगरी सोसाइटीको वरिष्ठ उपाध्यक्षमा डा. उमा श्रीवास्तव, उपाध्यक्षहरुमा डा. ज्ञानेन्द्र कार्की, डा. सानू मैयाँ श्रेष्ठ र डा.सबिना श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी महासचिव डा. स्वस्ति शर्मा, सह-महासचिवमा डा. रश्मि श्रीश, कोषाध्यक्क्षमा डा. मीरा थापा चयन भएका छन् । सदस्यहरुमा डा. उषा खाँड, डा. प्रेरणा दाहाल, डा. चेतना श्रेष्ठ र डा. गीरिधर शर्मा मनोनित भएका छन्।

नेपालमा निःसन्तान सेवाको विकासमा अन्तराष्ट्रिय स्तरको उपचार सेवा प्रदान गर्ने उदेश्यले फर्टिलिटी सोसाइटी अफ नेपालको स्थापना गरिएको अध्यक्ष डा भोला रिजालले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया