कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गर्छौँ : मन्त्री तामाङ

विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने विश्वास व्यक्त गर्नुभएको छ ।

काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा बोल्दै उहाँले विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने बताउनुभयो ।

पर्यटन मन्त्री तामाङले राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६–२०२५) अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । उहाँले पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई समसामयिक सुधार गरी लगानीमैत्री बनाइने बताउनुभयो ।

सरकारले पर्यटन दशक (२०२३–२०३२) मा हरेक वर्ष पर्यटक आगमनमा १५ प्रतिशत विन्दुले वृद्धि गरी सन् २०३२ मा ३५ लाख पुर्‍याउने लक्ष्य लिइएको मन्त्री तामाङले जानकारी दिनुभयो ।

उहाँले पर्यटकको नेपाल बसाइ अवधि बढाउने र प्रति पर्यटक खर्चमा समेत बढोत्तरी गरी देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो ।

उक्त लक्ष्य प्राप्त गर्न निजी क्षेत्रसँग सहकार्य गरी नीतिगत सुधार गर्ने, वैदेशिक लगानी आकर्षित गर्ने, स्थानीय एवं प्रदेश सरकारसँगको सहकार्यलाई मजबुत बनाउने र सरोकारवाला निकायहरूसँग समन्वय गर्ने गरी काम गर्ने मन्त्रालयको योजना छ ।

पर्यटन मन्त्री तामाङले हवाई सेवा बिस्तार र सेवालाई चुस्त र प्रभावकारी बनाइने बताउनुभयो । नेपाल वायुसेवा निगमलाई सुधार गरी जहाज थपेर थप गन्तव्यमा उडान गर्ने र अन्य वायुसेवालाई पनि आकर्षण गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल ४२ देशसँग हवाई सेवा सम्झौता भएको छ । ती देशहरूसँग प्रत्यक्ष हवाई सेवा सञ्चालनका लागि आवश्यक पहल गरिरहेका छौँ । नेपाल वायुसेवालाई सुधार गरी जहाजहरू थपी थप गन्तव्यमा उडान गर्ने र अन्य वायुसेवाहरूलाई पनि आकर्षित गरिनेछ ।”

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा ल्याउने, त्रिभुवन विमानस्थलको क्षमता बिस्तार गर्ने र वैकल्पिक विमानस्थलको निर्माण शुरुआत गरिने मन्त्री तामाङको भनाइ छ ।

पर्यटकको आगमनमा वृद्धि हुने क्रमसँगै पर्यटकीय पूर्वाधारमा लगानी बढेको निजी क्षेत्रबाट होटल तथा आतिथ्य क्षेत्रमा ठुलो भएको उल्लेख गर्दै मन्त्री तामाङले हाल नेपालमा पाँचतारे स्तरका होटल मात्र रहेकाले अबका दिनमा गुणस्तरीय पर्यटकका लागि पाँचतारेभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टको क्षेत्रमा लगानीको राम्रो सम्भावना देखिएको उल्लेख गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२०८३ कार्तिक २७, शुक्रबार
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
२०८३ कार्तिक २७, शुक्रबार
देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा
२०८३ कार्तिक २७, शुक्रबार
२३ खेलमा प्रतिस्पर्धा गर्न इलामका ३७० खेलाडी प्रदेश छनोटमा जाँदै
२०८३ कार्तिक २७, शुक्रबार