असार १, २०८१ शुक्रबार June 14, 2024

एमाले जुम्लाको अध्यक्षमा महत

कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले एक सय ३५ मत पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ ।

महत एक सय ९४ मतसहित विजयी हुनुभएको नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिनुभयो । कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गर्नुभयो ।

महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष नै हुनुहुन्थ्यो । उपाध्यक्षमा प्रेमबहादुर बुढाले एक सय ८७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी पदम बुढा एक सय ३८ मत प्राप्त गरेका छन् ।

सचिवमा मानबहादुर रोकाया एक सय ७९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी आदीप्रसाद न्यौपानेले एक सय ४१ मत प्राप्त गर्नुभएको छ । उपसचिवमा धनबहादुर बुढाले एक सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी धर्मेन्द्र रोकायाले एक सय ४१ प्राप्त गर्नुभएको छ । महिला उपसचिवमा मेनका रेग्मीले एक सय ७४ मत प्राप्त गरी विजयी हुनुभयो । सुशीला भट्टराईले एक सय आठ मत प्राप्त गरेको नेकपा एमाले जुम्लाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रीलङ्काको अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान
२०८१ असार १, शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा डाक्टर तिलक आचार्य नियुक्त
२०८१ असार १, शुक्रबार
म मेरो छोरालाई दिएको सजाय माफ गर्दिन – राष्ट्रपति बाइडेन
२०८१ असार १, शुक्रबार
रुसमा पक्राउ परेका अमेरिकी पत्रकार इभानमाथि जासुसीको मुद्धा चलाइने
२०८१ असार १, शुक्रबार
संसदमा उठेका विषयप्रति सभामुखको सरकारलाई ध्यानाकर्षण
२०८१ असार १, शुक्रबार
रमेश लेखकको प्रश्न – सरकारले संसद्को गरिमा गिरायो, प्रधानमन्त्री संसदमा आउन डराएको हो ?
२०८१ असार १, शुक्रबार
राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै
२०८१ असार १, शुक्रबार