श्रावण ५, २०८२ सोमबार July 21, 2025

डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द : सीरम इन्स्टिच्युट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भारतको सीरम इन्स्टिच्युटले डिसेम्बर २०२१ देखि कोभिशिल्ड भ्याक्सिन उत्पादन बन्द गरेको बताएको छ ।

यसअघि फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको थियो ।

भारतको सीरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना महामारीको समयमा कोविशिल्ड भ्याक्सिन बनाएको हो ।

भारतको सीरम इन्स्टिच्युटका प्रवक्ताले भने, ‘भारतले २०२१ र २०२२ मा उच्च स्तरको खोप हासिल गरेको छ । तर नयाँ भेरियन्टको उदयसँगै पुरानो खोपको माग घटेको छ । डिसेम्बर २०२१ मा, हामीले खोप निर्माण गर्न रोक्यौं र कोभिशिल्ड खोपको आपूर्ति पनि रोक्यौं ।’

सीरम इन्स्टिच्युट अफ इन्डियाले भन्यो, ‘हामी विद्यमान सरोकार र सुरक्षा मापदण्डहरूप्रति प्रतिबद्ध छौं । सन् २०२१ मा खोपको प्याकेजिङमा असामान्य साइड इफेक्टको बारेमा जानकारी दिइएको छ ।’

एस्ट्राजेनेकाले भर्खरै बेलायती अदालतमा पेश गरेको कागजातमा पहिलो पटक स्वीकार गरेको छ कि यसको कोरोना भ्याक्सिनले केही मानिसहरूमा असामान्य साइड इफेक्टहरू निम्त्याउन सक्छ ।

कोरोना भ्याक्सिन पाएका धेरैले खोपको साइड इफेक्टको लागि क्षतिपूर्तिको माग गर्दै यो औषधि कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।

यो खोपका कारण आफूले धेरै आफन्त गुमाएका र अन्य धेरै अवस्थामा कम्पनीको कोरोना भ्याक्सिनले मानिसलाई गम्भीर नोक्सान पुर्याएको यो मुद्दा दायर गर्ने कतिपयले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार