श्रावण ५, २०८२ सोमबार July 21, 2025

ट्रामाडोल र टापेन्टाडोललाई मनोद्दीपक औषधिको सूचीमा समावेश

औषधिहरुको दुरु पयोग भएमा अव सिधै प्रहरीले लागू औषध नियन्त्रण ऐन बमोजिम कार्वाही अघि बढाउन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कठमाडौंः सरकारले ट्रामाडोल र टापेन्टाडोल औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गरको छ । गृह मन्त्रालयको प्रस्तावमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गर्ने निर्णय गरेको हो ।

दुखाई कम गर्ने औषधिको रुपमा चिनिएको यी दुई औषधिहरुका एकल वा समिश्रण औषधिहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ को दफा ३ को खण्ड (क)को उपखण्ड ७ बमोजिम मनोद्दीपक औषधिको सूचीमा समावेश गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले दुखाई कम गर्ने यी औषधिहरुको दुरुपयोग बढी हुने गरेको बताए ।

उनले औषधिहरुको दुरु पयोग भएमा अव सिधै प्रहरीले लागू औषध नियन्त्रण ऐन बमोजिम कार्वाही अघि बढाउन सक्ने बताए । यी औषधिहरुको समुचित प्रयोग हुनुपर्छ । डाक्टरको प्रेस्किप्सन विना विक्रि बितरण गर्न मिल्दैन । पहिले पनि त्यहि नै थियो ।

तर, ‘पहिले यसको दुरुपयोग हुँदा औषधि ऐन अनुसार कार्वाही गर्नु पर्दथ्यो अब चाहि लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार हुने भयो,’ उनले भने । महानिर्देशक ढकालले सरकारको निर्णयले कार्वाही प्रक्रिया अझ प्रभावकारी हुन सक्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार