श्रावण ३१, २०८३ आइतबार August 16, 2026

जव झ्याउरेवासीहरुले आफ्नै ठाँउमा एक दिने अस्पतालको सुविधा लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२९ बैसाख, महोत्तरीः सामान्य ज्वरोको औषधि लिनको लागि ३ घण्टासम्म हिड्नुपर्ने पुर्वि खोलाकी  मण्दिरामाया थिङले विहिवार विशेषज्ञ चिकित्सकवाट आफ्नै गाउँमा राम्रो उपचार पाईन  ।

चिकित्सकहरुले पाठेघरको समस्याको बिषयमा औषधीमात्र लेखिदिएनन आँखा नदेख्ने समस्या पहिचान गरेर चस्मा समेत उपलब्ध गराए ।

यसैक्रममा उनी सोही ठाउँवाट आएका आफ्ना साथीहरुसगँ खुसी हुदै भन्दै थिइन -` यस्तो उपचार गर्ने ठाउँ हाम्रो गाउँमा सधैभरी भैइदिए !´

मधेशको कर्णाली भनेर चिनिने गाउँमा नै अनुकुल हुनेगरी नेपाल रेडक्रस सोसाइटी बर्दिवास साखाले विहिवार एकदिने शिविर संचालन गर्दा  प्राय: महिलाहरुको उस्तै कौतहुल थियो कि यस्तो उपचार केन्द्र गाउँमा चै किन हुदैन ?

वर्षा लागेसगैँ भाङग्रे झ्याउरे आशपाशका गाउँहरु नाकावन्दीमा नै पर्ने गर्दछन । खोला वाहेक अन्य वैकल्पिक पदमार्ग नहुदा बर्षाको समयमा पानीको सतह बढने र आवतजावत पुर्णरुपमा बन्द हुने गर्दछ जस्ले गर्दा याँहाका स्थानियहरुमा घातक रोग लागेतापनी सहनुको विकल्प नै रहदैन ।

`आँखाको समस्याको लागि यो चस्मा दिएको छ अनि पाठेघर सम्बन्धी रिपोर्ट अहिले आउँछ रे ।´ मण्दिरामायाले खुसी हुँदै भनिन । `वास्तवमा यो हाम्रोलागी ठुलो परोपकार वन्यो नत्र त के-के हुन्थ्यो के-के ।´

विकटता कै कारण उनी चाहेर पनि अस्पताल जान सकेकी थिइनन । पाठेघरको समस्या रहेको त  थाहा थियो तर भौगोलिक दुरावस्थाले अस्पताल त के स्वास्थ्य चौकीसम्म नगएको उन्लाई झिनो सम्झना छ ।

तर विहिवार रेडक्रस सोसाइटी बर्दिवास साखाले शहरको सुविधासम्पन्न अस्पतालको झल्को दिनेगरी चुरे काक्षमा रहेको यो गाउँमा मिनि अस्पताल नै संचालन गर्‍यो ।

लक्ष्मी भाङग्रे झ्याउरे विध्यालयका प्रत्येक कोठा चिकित्सक र स्वास्थ्यकर्मीहरुले भरिएका थिए । पर्याप्त प्रयोगशाला, तत्काल चेकजाँच गर्न मिल्ने विभिन्न उपकरणहरु,   साथमा औषधि र चिकित्सकिय परामर्शले मण्दिरामाया मात्र हैन भालुजोर कि सुनमाया वाईवाको खुसी बाहिर नै देखिन्थ्यो ।

पाठेघरको समस्या लिएर बर्षौदेखी पिडित वन्दै आएकी सुनमायालाई विशेषज्ञ चिकित्सकले परामर्श दिदा मात्र पनि आधी रोग निको भएको महसुस गरिन । `औषधी र समयमा नै उपचार गर्ने हो भने पाठेघरको समस्या त्यती ठुलो हैन रहेछ ।´ सुनमायाले भनिन । `नियमित औषधी सेवन गर्‍यो भने छिट्टै निको हुन्छ रे ।´

तर आम महिलाहरुको जस्तै सुनमायालाई पनि एउटै जिज्ञासा छ कि सामान्य उपचारको लागि किन २ घण्टासम्म हिडनुपर्ने होला  ? सुनमायाले चुनावको समयमा मात्र गाउँमा चहलपहल हुने गरेको अनुभव गरेकी छन ।

`चुनाव आएपछी नेताहरु घर-घरमा नै पुग्छन  अनि एकदिन समस्या बुझेर बर्षौसम्म देखा पर्दैनन ।´ उन्ले भनिन । `कमसेकम रेडक्रसले एकदिन भएतापनी गाउँमा नै आएर उपचार गरिदियो ।´

चारैतिर चुरे पहाडले घेरिएका यी गाँउहरुमा युवायुवती कम नै देखिन्छन कतिपय वैदेशिक रोजगारमा छन भने कतिपय अध्यणको शिलशिलामा नजिकैका शहरमा कोठा लिएर बसेका छन परिणामस्वरूप गाउँमा वृद्धहरु मात्र भेटिन्छन ।

लौरो टेक्दै आँखा जचाउन गर्दिखोलावाट याँहा आईपुगेकी ७० बर्षिय मनमाया  चस्मा पाएपछी एकछिन भावुक वनिन । टाउको दुख्ने, नजिकैको केहीपनी नदेख्ने भएपछी शिविर आईपुगेकी उन्लाई चिकित्सकहरुले चेकजाँच गरेपछी हातमा सोही पावरको चस्मा थमाइदिए ।

घरको रेखदेक्ग गर्न कै लागि भएपनी उनी छोरासगँ गएकी छैनन । यो शिविरसम्म आईपुग्न पनि उन्लाई झन्डै २ घण्टा लाग्यो । `दिनभरी हिडेर अस्पताल जानुभन्दा २ घण्टा हिडेर नै जचाँउन पाईन्छ भनेर आएको ।´ उन्ले सुनाईन ।

आँखा उपचारदेखि महिला प्रजनन स्वास्थ्यको चेकजाँच एकै ठाउँमा हुने भएपछी गर्दिखोला लागायत आशपाशका झण्डै २ सय महिलाहरुले पाठेघर र आँखाको उपचार लिएका थिए ।पाठेघर समबन्धी समस्या भएका मात्र ११७ जना सहभागी भएका थिए । जसमध्ये ३ जनाको अपरेसन गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरुले वताए ।

उनिहरुलाई बर्दिवासस्थित जनसेवा अस्पतालमामा रिफर गरिएको रेडक्रस बर्दिवासका सभापती सुदिप कार्कीको भनाई छ ।

त्यस्तै आँखा सम्बन्धी समस्या भएका २७० जना सहभागी मध्ये ९ जनाको मोतिविन्दुको अपरेसन गर्नुपर्ने देखिएको छ । उक्त विरामीहरुलाई रेडक्रस र बर्दिवास नगरपालिकाको नै आर्थिक सहयोगमा उपचार गरिने रेडक्रसका पुर्व सभापति मुकुन्द पौडेलले जानकारी दिए ।बिशाल बस्नेत/न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार