भाद्र १, २०८३ सोमबार August 17, 2026

स्वास्थ्य प्रणालीमा सुधार ल्याउन रोग लाग्न नदिने अवस्था बनाउनुपर्छ : महामन्त्री थापा

स्वास्थ्य प्रणालीमा सुधार गर्न रोग लाग्नुअघि नै निधानात्मक उपाय प्रवर्धनमा जोड दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रणालीमा सुधारका लागि रोग लाग्न नदिने अवस्था बनाउन लाग्नुपर्ने बताएका छन्।

काठमाडौं महानगरपालिका वडा नं ३० मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको दोस्रो वार्षिकोत्सवका अवसरमा आज स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्दै उनले स्वास्थ्य प्रणालीमा सुधार गर्न रोग लाग्नुअघि नै निधानात्मक उपाय प्रवर्धनमा जोड दिनुपर्ने बताएका छन्।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले रोग लागेपछि मात्र अस्पताल जाने प्रचलन रहेकामा स्वास्थ्य प्रणालीमा सुधार ल्याएर रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे। ‘ठूलो रोग लागे गरिबीमा फस्ने अवस्था छ, स्वास्थ्य प्रणालीलाई सुधार गर्दै नागरिकलाई निरोगी राख्न र उपचार गनुपर्ने अवस्था आउन नदिन सहरी स्वास्थ्य केन्द्रको अवधारणा ल्याइएको हो’, उनले भने।

उनले स्थानीय सरकारले प्राथमिक स्वास्थ्य र नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नतर्फ ध्यान दिन पनि आग्रह गरे। नागरिकले पनि स्वास्थ्य जीवनशैलीमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। महामन्त्री थापाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र वडावासीको स्वास्थ्यसँग सम्बन्धित सबै विषयको विवरण राख्ने, स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोग लाग्नै नदिन जनचेतना फैलाउने र सहुलीयत दरमा औषधिको व्यवस्था गर्ने उद्देश्यले स्थापना भएको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार