श्रावण ३१, २०८३ आइतबार August 16, 2026

नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबारबाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २९ वैशाखः नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण यही वैशाख ३१ गतेबाट सुरु हुने भएको छ ।

‘स्वस्थ नेपाल निर्माणको अग्रसरताः सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने मूल नारासहित नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।

सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सम्मेलन प्रमुख विशाल घोषले स्वास्थ्य क्षेत्रका सम्पूर्ण विषयवस्तुमा खुला छलफल गर्ने साझा मञ्चको रुपमा स्वास्थ्य सम्मेलन रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य सरोकारवालाहरुबीच समन्वय, सहजीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहिलो सम्मेलन सार्थक रह्यो । यही अनुभव र आवश्यकतालाई आत्मसात गर्दै हामीले नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण आयोजना गर्न लागेका हौँ ।”

सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनको आयोजना हुने सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन नेपालको साथ पनि रहनेछ । सम्मेलनमा स्वास्थ्य बीमा कार्यक्रम, नसर्ने रोगका जोखिम, चिकित्सा शिक्षा लगायतका विषयमा सत्रहरु सञ्चालन हुनेछन् ।

नेपाल स्वास्थ्य सम्मेलनको पहिलो संस्करण विसं २०७७ चैतमा भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार