श्रावण ५, २०८२ सोमबार July 21, 2025

बाँकेकाे राप्तीसाेनारीमा फैलिएकाे झाडापखाला नियन्त्रणमा

स्वास्थ्यकर्मीको टोलीले गाउँमा गएर उपचार गरेसँगै नियन्त्रणमा आएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर उपचार गरेपछि झाडापखाला नियन्त्रणमा आएको हो ।

झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका र स्वास्थ्यकर्मीको टोलीले गाउँमा गएर उपचार गरेसँगै नियन्त्रणमा आएको स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो ।

राप्तीसोनारी अस्पतालका चिकित्सक डाक्टर राम शाहको नेतृत्वमा गाउँमै पुगेको स्वास्थ्यर्मीको टोलीले बिरामीको उपचार गरेको थियो । बिरामीमध्ये तीन जनालाई स्वास्थ्य चौकीमा भर्ना गरेर थप उपचार गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।

एक जना स्थानीयको घरमा आयोजित भोजमा सहभागी भएकाहरूमा पखाला फैलिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया