श्रावण ५, २०८२ सोमबार July 21, 2025

प्रसूति तथा स्त्रीरोग अस्पतालमा मंगलबारदेखि इको कार्डियोग्राफी सेवा

यो सेवा अस्पतालमानै सुरु गरेसँगै अन्य अस्पतालमा सेवा लिन जानुपर्ने अवस्थाको अन्त्य हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख ३१ गते। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले गर्भवती र गर्भमा रहेको शिशुको मुटुको जाँच गर्न इको कार्डियोग्राफी सेवा सुरु हुने भएको छ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अस्पतालले जेठ १ गतेदेखि गर्भवती र गर्भमा रहेको शिशुको मुटुको जाँच गर्न इको कार्डियोग्राफी सुरु गर्न लागेको जानकारी दिनुभयो।

यो सेवा अस्पतालमानै सुरु गरेसँगै अन्य अस्पतालमा सेवा लिन जानुपर्ने अवस्थाको अन्त्य हुने डा. अधिकारीको भनाइ छ। यसअघि सेवाग्राही बच्चा र आमाको इको कार्डियोग्राफी सेवा लिनका अन्य अस्पताल जान बाध्य थिए।

इको कार्डियोग्राफी सेवा बेलुकी ५ बजेपछि मात्रै लिन सकिने डा।अधिकारीको भनाई छ। यो सेवा लिनको लागि तीन बजेदेखि नै नाम खर्ता गराउन मिल्ने व्यवस्था अस्पतालले गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया