श्रावण ३१, २०८३ आइतबार August 16, 2026

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

बालबालिकालाई पूर्ण खोप लगाउनका लागि तीन सय ७२ महिला स्वास्थ्य स्वयंसेविका परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, जेठ १ । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि सोमबार एक समारोहका बीच पूर्ण खोप घोषणा गरिएको हो ।

म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार पाँच सय ६७ बालबालिकाले नियमित र पाँच वर्षमुनिका चार हजार आठ सय ६९ जना बालबालिकाले पूर्ण खोप लगाएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए। बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेईलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उनले बताए। म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य एकाइ, एक सय १७ खोप केन्द्र, ६८ गाउँघर क्लिनिक रहेका छन् ।

बालबालिकालाई पूर्ण खोप लगाउनका लागि तीन सय ७२ महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका थिए । यसअघि वडा र पालिकास्तरमा पनि पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको थियो । घोषणा अघि स्वास्थ्यकर्मीले घरदैलो गरेर खोप लगाएको नलगाएको विषयमा अध्ययन गरेका थिए ।

यस वर्ष गण्डकी प्रदेशका ११ मध्ये पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्ने म्याग्दी पहिलो जिल्ला बनेको जिसस म्याग्दीका प्रमुखसमेत रहेका जिल्ला खोप समन्वय समितिका प्रमुख राजकुमार थापाले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सीताकुमारी सुन्दासले खोप कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताए । खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्वका साथ लिनुपर्ने मन्त्री सुन्दासले बताए ।

एक जनालाई पूर्ण खोप प्रदान गर्न रु ४० हजार खर्च लाग्ने र म्याग्दी जिल्लाका सबै बालबालिकाको पूर्ण खोप सुनिश्चितताका लागि वार्षिक रु ७० लाख ८४ हजारभन्दा बढी रकम खर्च लाग्ने गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार