भाद्र १, २०८३ सोमबार August 17, 2026

पर्सा जिल्ला पूर्ण खोप जिल्ला घोषणा

पूर्ण खोप घोषणा पश्चात् अब मधेश प्रदेशको ध्यान कुपोषणमुक्त र सुरक्षित मातृत्वमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगंज । पर्सा जिल्लालाई आज पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय पर्साको आयोजनामा आज वीरगंजमा एक कार्यक्रमका बीच पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।

पर्सा जिल्ला पूर्ण खोप घोषणा भएको प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि एवं मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोद कुमार यादवले हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा मधेश सचिव यादवले सबैको साथ सहयोगले गर्दा पर्सालाई पूर्ण खोप घोषणा गर्न सफलता प्राप्त भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि खोप कार्यक्रम निरन्तर चलिरहने बताउनुभयो । मानव जीवनमा खोपको आविष्कार महत्वपूर्ण भएको भन्दै उहाँले सङ्घले खोप खरिद गर्ने, प्रदेशले भण्डारण गर्ने र स्थानीय तहले वितरण गर्ने गरेको बताउनुभयो । पूर्ण खोप घोषणा पश्चात् अब मधेश प्रदेशको ध्यान कुपोषणमुक्त र सुरक्षित मातृत्वमा हुने सचिव यादवको भनाइ थियो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले पर्सा जिल्लालाई पूर्ण खोप घोषणा गर्न स्वास्थ्यकर्मी र स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

पर्सा जिल्ला हरेक हिसाबले सुगम हुँदा हुँदै पनि पूर्ण खोप घोषणा गर्न ढिलाइ भएको भन्दै उहाँले आगामी दिनमा यस्ता कुराहरूबाट पाठ सिक्नुपर्ने बताउनुभयो । त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा.मुक्ति नारायण साहले पूर्ण खोप जिल्ला घोषणा हुनु जिल्लावासीका लागि खुसीको कुरा भएको बताउनुभयो ।

आगामी दिनमा पनि खोप कार्यक्रमको अपनत्व स्थानीय तहले लिएर अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला खोप समन्वय समिति पर्साका सह–संयोजक पुरन प्रसाद कुर्मी, स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा.राजीव झा, परिवार कल्याण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत संजय महासेठ, पर्साका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार