श्रावण ५, २०८२ सोमबार July 21, 2025

स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित

महानगरले हरेक वडामा निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, जेठ  ४ गते ।  विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएको छ ।

नगरवासीलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ महानगरले हरेक वडामा निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । महानगरले बिहीबार नोवेल अस्पतालसँगको सहकार्यमा विराटनगर वडा नं ४ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा तीन सय ४३ जनाले  सेवा लिएका जनाएको छ ।

शिविरको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र वडा नं ४ का अध्यक्ष जितन थापाले अनुगमन गर्नुभएको थियो । वडा कार्यालय नजिकको आधारभूत विद्यालयमा सञ्चालित शिविरमा त्यहाँ अध्ययनरत विद्यार्थीको पनि स्वास्थ्य परीक्षण गराएका थिए । महानगरले विराटनगरका–१९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया