भाद्र १, २०८३ सोमबार August 17, 2026

डोल्पा जिल्ला अस्पतालको आधुनिक भवन निर्माण

स्पतालको उद्घाटन गरेसँगै आफ्नै भवनबाट सेवा प्रवाह गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काँक्रेविहार (सुर्खेत), ४ जेठ । जिल्ला अस्पताल डोल्पाको लागि आधुनिक भवन निर्माण भएको छ । २३ करोड लागतमा उक्त भवन निर्धारित समयमा निर्माण भएको हो ।

बिहीबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले अस्पतालको उद्घाटन गरेसँगै आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । अस्पतालले २५ शश्यामा सेवा विस्तार गर्ने लक्ष्य राखे पनि हाल १५ शय्याको सेवा दिइरहेको छ ।

चालु आवमै प्रदेश सरकारले जिल्ला अस्पताललाई भौतिक पूर्वाधार तथा उपकरण व्यवस्थापन गरी १५ शय्याबाट २५ शय्यामा स्तरोन्नती गर्ने लक्ष्य लिएको थियो । सोही लक्ष्यअनुसार भवन निर्माण भएको मन्त्री शाहीले जानकारी दिए । नयाँ भवन निर्माणसँगै अस्पतालमा आन्तरिक व्यवस्थापनका काम हुने र त्यसमा मन्त्रालयको पूर्ण सहयोग रहने मन्त्री शाहीले बताए ।

अहिले अस्पताल जान र आउन भेरी नदी माथी पुल नहुँदा समस्या छ । समस्या समाधानका लागि उक्त पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ पोखरेलले अस्पतालका लागि प्रदेशले सहयोग गर्ने प्रतिबद्धता जनाए । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा उपचारमा समस्या हुने गरेको डा अखण्ड उपाध्यायले जानकारी दिए ।

डोल्पाका बिरामीलाई अहिले हवाई मार्गबाट उद्धार गरेर बाहिर उपचारका लागि लाने गरिएको छ । सामान्य खालका बिरामी जिल्ला अस्पतालमा उपचार भए पनि जटिल समस्या भएकालाई जुफाल विमानस्थलबाट जहाजमार्फत सुर्खेत, नेपालगञ्ज लाने गरिएको छ । ७० प्रतिशतभन्दा बढी करारका स्वास्थ्यकर्मीबाट अस्पतालमा उपचार सेवा सञ्चालन गरिएको छ ।

चारवटा ठूला सडक निर्माण गर्न मन्त्री शाहीको निर्देशन

टुक्रे योजनामा बजेट खर्च नगर्न सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले जिल्लास्थित कर्मचारीलाई निर्देशन दिएक छन् । देखिने तथा परिणाम आउने खालका ठूला योजनामा ध्यान दिन मन्त्री शाहीले कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका हुन्। चारवटा ठूला सडक निर्माण गरेर विकासको अनुभूति देखाउन उनले निर्देशन दिए ।

खानेपानी सिँचाइ, भौतिक पूर्वाधार तथा सामाजिक विकासले सोही अनुसारका योजना छनोट गरेर प्रदेशमा पठाउन उनले आग्रह गरे । विकास गर्नेभन्दा कमाउनका लागि योजना माग गर्ने चलनको अन्त्य गर्ने उनको भनाइ छ ।

त्यसैगरि दुई वर्षभित्र डोल्पाका सबै पालिकामा विद्युतीकरण गरिने भएको छ । ३३ केभी प्रसारण लाइन सदरमुकाम दुनैमा सञ्चालन भइसकेको छ । त्रिपुरासुन्दरी नगरपालिकाको बगरमा निर्माण हुन लागेको सब स्टेसनबाट अन्य ठाउँमा विद्युत् लाइन विस्तार गर्न सहज हुने नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ ।

त्यसका लागि चौखामा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । जगदुल्ला, मुडकेचुला गाउँपालिकामा विद्युतीकरणका लागि विद्युत्का पोल ढुवानीको काम सुरु भइसकेको छ ।

सङ्घीय सरकारले मुडकेचुलामा सौर्य मिनिग्रेट पनि स्थापना गर्न पहल सुरु गरेको मन्त्री शाहीले जानकारी दिए । मन्त्री शाहीका अनुसार माथिल्लो डोल्पामा सौर्य मिनिग्रिडको माध्यमबाट विद्युतीकरणको काम भइरहेको छ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना एक सय छ मेगावाट ऋण सम्झौता भई निर्माणका लागि ‘टेन्डर’मा जान लागेकाले डोल्पा विद्युत्को हब हुने उनको भनाइ छ । पाँच वर्षभित्र आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ । २३ अर्बमा उक्त आयोजना निर्माण हुन लागेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार