असार २८, २०८२ शनिबार July 12, 2025

बागमती प्रदेश सभामा चार समितिको सभापति निर्विरोध

सोमबार निर्वाचन हुने रसोमबार नै समितिका सभापतिको शपथग्रहण कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेश सभा अन्तर्गत रहेका पाँच वटा विषयगत समितिमध्ये चार वटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका  छन्।

शनिबार बसेको सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकमा ती समितिका सभापति निर्विरोध निर्वाचित घोषणा गरिएको हो।

पाँच दलबिच भागबण्डा गर्ने सहमतिपछि समिति सभापतिमा एक-एक जनाको मात्र उम्मेदवारी परेको थियो। समिति सभापतिमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएपछि समितिको बैठकको सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था प्रदेश सभा नियमावलीमा रहेको छ।

blog

सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसका श्रीराम लामिछाने र प्रदेश मामिला समिति सभापतिमा कांग्रेसकै छिरिङदोर्जे लामा, स्वास्थ्य तथा कृषि समिति सभापतिमा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल र अर्थ तथा विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नुरज वज्राचार्य निर्विरोध निर्वाचित हुनुभएको प्रदेश सभा सचिवालयले छ।

यसैबिच बागमती प्रदेश सभाको शनिबार बसेको बैठकले प्रदेश मामिला समिति र उद्योग, पर्यटन तथा वातावरण समितिका सदस्यको सूचीमा हेरफेर गर्दै अनुमोदन गरेको छ।

यस्तै बैठकले प्रदेश सभा विशेषधिकार समिति गठनको प्रस्ताव अनुमोदन गरेको छ। यस्तै दलहरुबिचको भागबण्डा अनुसार विशेषाधिकार समितिको सभापति नेकपा एकीकृत समाजवादीलाई दिने गरी सहमति गरिएको छ।

उद्योग, पर्यटन तथा वातावरण समिति र विशेषाधिकार समितिको सभापतिको निर्वाचनका लागि समितिमा रहेका सदस्यको नामावली शनिबार सार्वजनिक गरिएको छ।

आइतबार दुवै समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता र सोमबार निर्वाचन हुने छ भने सोमबार नै समितिका सभापतिको शपथग्रहण कार्यक्रम लागि तोकिएको छ। यसैबिच आइतबार बिहान ११ बस्ने भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार