मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई प्रशिक्षकका लागि सम्पर्क नगरेको भारतीय बोर्डको दाबी

मुख्य प्रशिक्षक पदका लागि भारतीय खेलाडीहरु गौतम गम्भीरको चर्चा सबैभन्दा अगाडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बोर्डले कुनै पनि पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई टीम इन्डियाको मुख्य प्रशिक्षक पदका लागि सम्पर्क नगरेको बताएका छन् ।

यस अघि अस्ट्रेलियाका पूर्व प्रशिक्षक जस्टिन ल्याङ्गर र विश्वकप च्याम्पियनका पूर्व कप्तान रिकी पोन्टिङले बीसीसीआईले उनीहरुलाई भारतीय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरेको दाबी गरेका थिए ।

एएनआईका अनुसार जय शाहले एक विज्ञप्तिमा भनेका छन्, ‘मैले न त बीसीसीआईले कुनै अष्ट्रेलियालीलाई प्रशिक्षक बन्न प्रस्ताव गरेको छैन । समाचार गलत हो । हाम्रो ध्यान भारतीय क्रिकेटको गहिरो ज्ञान भएको व्यक्ति छनोटमा छ । प्रशिक्षक भारतको घरेलु क्रिकेट बुझेको हुनुपर्छ ।’

यसअघि दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले आईसीसी रिभ्युसँग कुरा गर्दै बीसीसीआईले उनलाई टीम इन्डियाको मुख्य प्रशिक्षकका लागि सम्पर्क गरेको बताउदै उनी अझै त्यसका लागि तयार नभएको बताएका थिए ।

लखनऊ सुपर जायन्ट्सका प्रशिक्षक जस्टिन ल्याङ्गरले हालै भारतीय टोलीको प्रशिक्षकका लागि आवेदन दिने अन्तिम मिति २७ मे रहेको छ । बोर्डले मे १३ मा प्रशिक्षकको विज्ञापन जारी गरेको थियो ।

मुख्य प्रशिक्षक पदका लागि भारतीय खेलाडीहरु गौतम गम्भीरको चर्चा सबैभन्दा अगाडी रहेको छ ।

यस अघि राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो । द्रभिडले आउदो टी-२० विश्वकपपछि प्रशिक्षक पद छोड्दै छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार