असार २८, २०८२ शनिबार July 12, 2025

अछामबाट गर्भवती महिलाको निःशुल्क हवाई उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः दुई दिनदेखि सुत्केरी व्यथा लागेकी तुर्माखाँद गाउँपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेर सुर्खेत ल्याइएको छ । गर्भवती रहेकी तुर्माखाँद गाउँपालिका-३ भैरवस्थान निवासी १८ वर्षीया मनिषा उखेडालाई राष्ट्रिपति उद्धार कार्यक्रममार्फत उद्धार गरिएको हो ।

बुधबारबाट सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्य संस्थामा बच्चा जन्माउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगेको बताइएको छ । बन्दाबन्दीको अवधिमा अछामबाट चार जना गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ ।

बच्चा जन्माउन नसकेर हवाई उद्धार भएमा महिलाको समयमै उद्धार भएका कारण जीवन सुरक्षित भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

यसअघि दुई जना सुर्खेत र दुई जना नेपालगञ्जमा हवाई उद्धार गरिएका मध्येमा तीन महिलाले सहज रुपमा बच्चा जन्माएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया