श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता संखुवासभामा हुने

असार ६ देखि ८ गतेसम्म हुने जिल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने पुरुष डबलतर्फ रु ६०र६० हजार मेडल र प्रमाणपत्र पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किमाथांका। संखुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ प्रदेशस्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो। जिल्ला ब्याडमिन्टन संघले आज खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो।

प्रतियोगिता यही असार ६ देखि ८ गतेसम्म हुने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने पुरुष डबलतर्फ रु ६०र६० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३५र३५ हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु १०र१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तैगरी, भेट्रान्सतर्फ रु ५०र५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३०र३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु सात हजार पाँच सय, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

ब्याडमिन्टन प्रतियोगिता खाँदबारी–१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डो स्टेडियममा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा करिब रु १० लाख खर्च हुने अनुमान गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार