असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रियसभा बैठक : जेठ महिनाको सम्भावित कार्यतालिका तय

प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार प्रादेशिक सरोकार समय हुन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका तय गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले जेठ महिनाको सम्भावित कार्यतालिका, कुन–कुन बार शून्य समय हुने जस्ता विषयमा कार्यतालिका तय गरेको हो ।

कार्यतालिकाअनुसार यही जेठमा सम्भावित ६ दिन बैठक बस्ने तय गरेको छ । जेठ १५ गते दुवै सभाको संयुक्त बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने, राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने रहेको छ । जुन कार्यसम्पन्न भइसकेको छ ।

यही जेठ २० गते राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल प्रारम्भ गर्ने, लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ प्रस्तुत गर्ते, मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने र सुरक्षित कारोबार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने रहेको छ ।

२१ गते राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी गर्ने र राजस्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नहरूको अर्थमन्त्रीबाट जवाफ प्रस्तुत गर्ने कार्यतालिका तय गरेको छ ।

सम्भावित कार्यतालिका अनुसार जेठ २८ गते सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने र मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि समितिमा पठाइने कार्यसूची छ ।

त्यस्तै, जेठ २९ गते संवैधानिक निकायका प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । त्यसमा राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आव २०७९र८० र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आव २०७९/८० को वार्षिक प्रतिवेदन रहेको छ । सोही दिन सुरक्षित कारोबार विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

बैठकले मङ्गलबार, बुधबार र बिहीबार बस्ने बैठकमा शून्य समय हुने, नीति तथा कार्यक्रम, बजेट, मन्त्रीको वक्तव्य, संसदीय प्रस्ताव जस्ता विषयमाथि छलफल हुने दिन सामान्यता: विशेष समय नरहने तय गरेको छ । प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार प्रादेशिक सरोकार समय हुन सक्ने, नयाँ विधेयक दर्ता हुन आएमा र समितिबाट विधेयकसम्बन्धी प्रतिवेदन प्राप्त भएमा वा सदस्यबाट कुनै प्रस्ताव दर्ता भएमा कार्य तालिकामा थप समावेश हुन सक्ने निर्णय गरेको छ ।

सार्वजनिक महत्वको विषयका लागि मन्त्रीबाट समय माग भएमा सामान्यता: बैठकको प्रारम्भको समय उपलब्ध गराइने, आकस्मिक रूपमा कुनै अत्यावश्यक विषयमाथि छलफल÷विचार गर्नुपर्ने भएमा आवश्यकताको आधारमा कार्यतालिका परिमार्जन हुन सक्ने उल्लेख छ । प्रत्येक महिनाको तेस्रो हप्ताको कुनै बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने तय गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको बैठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सकारात्मक सहयोग गर्न राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार