श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एफसी संघारी सेमिफाइनलमा प्रवेश

अब सेमिफाइनलमा एफसी संघारीले सोमबार नेपालगन्ज–११ स्पोटिङ क्लबसँग प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एफसी संघारी नेपालगन्ज बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रदेश गरेको छ । आइतबार बिहान भएको खेलमा एफसी संघारीले सिटी युथ क्लब कोहलपुरलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दैै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । अब सेमिफाइनलमा एफसी संघारीले सोमबार नेपालगन्ज–११ स्पोटिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार कोहलपुरस्थित १३ बिगाह फुटबल मैदानमा एफसी संघारीका उमेश बुढाथोकीले ४०औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर सिटी युथका क्षितिज थापा मगरले ४८औं मिनेटमा गोल गर्दै खेल बराबरी गर्नुभएको थियो । टाइब्रेकरमा एफसी संघारीका नरेन्द्र शाह, रोहन खत्री, नन्दलाल पुनमगर, अमर श्रेष्ठले गोल गर्नुभएको थियो । सिटीको तर्फबाट क्षितिज थापामगर, टेकेन्द्र बिसी र हेमन्त घर्तीले मात्र गोल गर्नुभयो ।

यसअघि शनिबार बेलुका भएको खेलमा नेपालगञ्ज–११ स्पोटिङ क्लबले विजयी सुरुआत गरेको थियो । नेपालगन्ज–११ ले इजोन स्पोट्स क्लबलाई ३–० ले पराजित गरेको थियो । नेपालगन्ज–११ का लागि सुमित थापाले दुई गोल र भरतबहादुर घर्तीमगरले एक गोल गर्नुभएको थियो । सुमितले खेलको २०औं मिनेट र ६१औं मिनेटमा गोल गर्नुभएको थियो । भरतले ६२औं मिनेटमा गोल गर्नुभएको थियो । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा सात वटा क्लबको सहभागिता छ । प्रतियोगिताको विजेता क्लबले आगामी वर्ष हुने बाँके जिल्लास्तरीय लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।

एक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । नगरप्रमुख आचार्यले कोलहपुरले पछिल्लो समय खेलकुद क्षेत्रको पूर्वाधारसँगै स्तरीय प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको मनोबल बढाउने काम गरेको बताउनुभयो । उहाँले भन्नु भयो, ‘‘फुटबलमा छिट्टै एउटा स्तरीय मैदान बन्दैछ । अन्य पूर्वाधारलाई पनि हामीले महत्त्व दिएको छौं । फुटबल खेलको विकासका लागि फुुटबल संघले हामीलाई थुप्रै सहयोग गरेको छ । यसका लागि म सङ्घलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’’

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघका पूर्व उपाध्यक्ष गोर्वधन सिंह सम्झना, पूर्व वडा सदस्य शंकर खड्का, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रिया स्मृति ढकाल, कोहलपुर नगरपालिका खेलकुद संयोजक बुद्धि थापा, सदस्य किरण विक, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशब राज रेग्मीलगायतको सहभागिता रहेको थियो ।

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष शाहीले १३ विगाहा मैदानलाई फुटबलको हबको रुपमा विकास गर्नका लागि नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कोहलपुर नगरपालिकाले खेलकुदका विकासका लागि नमुना काम गरेको छ । त्यसका लागि नगर प्रमुख र टिमलाई हार्दिक धन्यवाद । नगरपालिकासँग सहकार्य गरेर हामीले फुटबलको विकासका लागि थुप्रै काम गर्न छ । यसमा नगरको साथ र सहयोग रहने विश्वास लिएको छु ।’’

जेठ २३ गतेसम्म चल्ने प्रतियोगितामा नेपालगन्ज –११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यू दपर्ण युवा स्पोट्र्स क्लब, न्यू नलेज स्पोट्स क्लब, एफसी संघारी, कञ्चनजङ्गा भिजन स्पोट्स क्लबको सहभागिता छ । गोप

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार