कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

लुम्बिनीमा एक मन्त्री थपिए, मन्त्रीमण्डल १२ सदस्यीय बन्यो

प्रदेशमै प्रत्यक्ष निर्वाचन एक मात्र महिला सांसद रहनुभएकी केसी तेस्रो पटक मन्त्री नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चौथो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले सोमबार कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्री केसीलाई सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

केसी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचन सांसद हुनुहुन्छ । प्रदेशमै प्रत्यक्ष निर्वाचन एक मात्र महिला सांसद रहनुभएकी केसी तेस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो ।

केसी यस अघि एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा करिब तीन महिना मन्त्री बन्नुभएको थियो । तत्कालीन अवस्थामा उहाँ विनाविभागिय मात्रै हुनुहुन्थ्यो । काँग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री हुँदा शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेको एक महिनामै त्यो सरकार पनि ढलेको थियो । अहिले तेस्रो पटक उहाँ मन्त्रीमा नियुक्त हुनु भएको हो । उहाँ दोस्रो पटक बाँकेबाट सांसद निर्वाचित हुनु भएको थियो । उहाँ मन्त्री नियुक्त भएसँगै १२ सदस्यीय मन्त्री मण्डल भएको छ ।

यस अघि एमालेका पाँच, माओवादी केन्द्रका मुख्यमन्त्री सहित दुई, नागरिक उन्मुक्ति पार्टीका एक, जनता समाजवादी पार्टी(जसपा)का एक, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्रबाट निर्वाचित एक जना मन्त्री छन् ।

यसअघि एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला मन्त्रालय, नेकपा माओवादी केन्द्रका दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय, जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, एमालेका भूमिश्वर ढकाललाई सहरी विकास तथा खानेपानी मन्त्रालय, दिनेश पन्थीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, अर्जुनकुमार केसीलाई वन तथा वातावरण मन्त्रालय, रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्वतन्त्रका खड्ग बस्नेतलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्री छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया