भाद्र २, २०८३ मंगलबार August 18, 2026

गणेशपुर आयुर्वेद औषधालयमा स्वास्थ्य सेवा लिनेको सङ्ख्या बढ्दै

आयुर्वेद उपचार सेवा लिने सेवाग्राही बढे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कपिलवस्तु जेठ २१ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको गणेशपुर आयुर्वेद औषधालयमा स्वास्थ्य सेवा लिनेको सङ्ख्या बढेको छ । गाउँपालिकाको वडा ७ प्रसोहियामा रहेको औषधालयमा कृष्णनगर र भारतबाट स्वास्थ्य सेवा लिन आएपछि सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको हो ।

केही वर्ष अघिसम्म आयुर्वेदप्रति खासै मानिसको चासो थिएन । अहिले दैनिक ३० देखि ५० जनासम्म चेकजाँच गर्न आउने गरेका छन् । आयुर्वेद स्वास्थ्यमा जनताले चासो दिन थालेका छन् । निःशुल्क उपचार र अन्य उपचार गरी निको नभएका बिरामीको रोजाइका कारण सेवा लिनेको सङ्ख्या बढ्दै भएको विमला चौधरीले बताउनुभयो ।

आयुर्वेद उपचार पद्धतिको प्रचारप्रसार गर्न सबै वडामा घुम्ती शिविर सञ्चालन, निःशुल्क औषधी उपचार, गाउँघर क्लिनिक व्यवस्था गरिएको विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । उपचारका लागि आउनेमा अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दम, खोकी, हाड जोर्नी, नसा, आवाज रोकिने, बाथ, अम्लपित्त लगायत बिरामी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार
१५ शय्याको गोकुलेश्वर अस्पतालमा जनशक्ति अभाव, प्रादेशिक अस्पताल बनाउने योजना अझै अधुरो
२०८३ भाद्र २, मंगलबार
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार