असार ६, २०८३ शनिबार June 20, 2026

आफ्नैकार्यकर्तालाई महान्याधिवक्ता बनाउने भए पनि उसको हैसियत प्रधानमन्त्रीको निजी सहायकभन्दा खासै भिन्न देखिन्न : संविधानविद्, भीमार्जुन आचार्य (अन्तवार्ता)

महान्यायाधिवक्तामा नियुक्ति लिएर जाने व्यक्तिले संवैधानिक तथा कानुनी मर्यादा नबुझेपछि यस्तो हुने हो 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महान्यायाधिवक्ता कार्यालयका निर्णय किन विवादमा परिरहन्छन् ?

यसका केही प्रस्ट कारण छन् । संविधानले महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको कानुनी सल्लाहकार बनाएको छ । उसको आफ्नै संवैधानिक तथा कानुनी हैसियत हुन्छ । तर, प्रधानमन्त्रीले आफूअनुकूल आफ्नै पार्टीका कार्यकर्तालाई महान्याधिवक्ता बनाउने भए पनि उसको हैसियत प्रधानमन्त्रीको निजी सहायकभन्दा खासै भिन्न देखिने गरेको छैन । प्रधानमन्त्री र मन्त्रिपरिषद्ले पनि उसलाई सामान्य कार्यकर्तासरह नै व्यवहार गर्ने गरेको पाइन्छ । यसका साथै, नियुक्त भएर जानेले पनि आफ्नो पदीय मर्यादा जोगाएर संविधान र कानुनमा टेकेर स्वतन्त्र निर्णय गर्न सकेको देखिन्न । त्यसले गर्दा यस कार्यालयका निर्णय विवादमा पर्ने गरेका हुन् ।

यो कार्यालयले राजनीतिक नेतृत्वको इसारामा चल्नैपर्ने हो ?

पटक्कै होइन । महान्यायाधिवक्तामा नियुक्ति लिएर जाने व्यक्तिले संवैधानिक तथा कानुनी मर्यादा नबुझेपछि यस्तो हुने हो । प्रधानमन्त्रीको कानुनी सल्लाहकार भएपछि संविधान र काननुअनुसार उनलाई परामर्श दिनु, कानुनी सहायता प्रदान गर्नु महान्यायाधिवक्ताको दायित्व हो । तर, दायित्व हो भन्दैमा संवैधानिक र कानुनी प्रावधानमाथि नै आँखा चिम्लेर नेतृत्वको चाहनाअनुसार परामर्श दिन थालियो भने त्यस्तो निर्णय विवादमा आउनु स्वाभाविक हो ।

महान्यायाधिवक्ताको कार्यालयलाई स्वतन्त्र र निष्पक्ष बनाउन सकिन्न ?

सकिन्छ, किन नसकिनु ? यसका लागि संविधानमै सुधार गरेर महान्यायाधिवक्तालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कानुनी सल्लाहकारमा सीमित गरेर सरकारी वकिलको कार्यालयलाई चाहिँ अलग गर्नुपर्छ । सरकारी वकिलहरूको नेतृत्वका लागि सचिव या अन्य कुनै पदको व्यवस्था गर्न सकिन्छ । यति गर्न सकिएन भने अन्य मुद्दाको अभियोजन पनि प्रभावित हुन सक्छ । यसबाट सर्वसाधारणमाथि गम्भीर अन्याय हुन सक्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
२०८३ असार ६, शनिबार
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार