श्रावण ३१, २०८३ आइतबार August 16, 2026

‘कोगुलोमिटर’ उपकरण सञ्चालन नहुँदा हिमोफिलियाका बिरामी पहिचानमा समस्या

राष्ट्रिय जनगणनाअनुसार चार हजार नौ सय ३७ हिमोफिलियाका बिरामी रहेको तथ्याङ्क र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २६ गते । प्रदेश अस्पतालमा उपलब्ध गराएको उपकरण सञ्चालन नआउँदा हिमोफिलियाका बिरामी पहिचान गर्न समस्या भएको छ ।

हिमोफिलिया सोसाइटी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा दाताका सहयोगमा उपलब्ध गराइएका ‘कोगुलोमिटर’ उपकरण सञ्चालन नहुँदा हिमोफिलिया बिरामी पहिचान गर्न नसकिएको जानकारी दिइयो ।

कोशी अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, पोखरा स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रादेशिक अस्पतालमा उपलब्ध गराइएको ‘कोगुलोमिटर’ उपकरण रिएजेन्टको अभावले सञ्चालन आएका छैनन् । मधेस र कर्णाली प्रदेशमा भने सञ्चालनमा आएका छन् ।

Hemophilia Carrier Testing | Steps for Living

सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पतालले भने प्राविधिक अभावले उक्त उपकरण लैजान मानेको छैन । राष्ट्रिय जनगणनाअनुसार चार हजार नौ सय ३७ हिमोफिलियाका बिरामी रहेको तथ्याङ्क रहेपनि अहिले पहिचान गरी उपचारमा आठ सय ७० जना बिरामी रहेको छन् ।

अहिले काठमाडौँमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पतालमा हिमोफिलियाका बिरामीको पहिचान गर्न स्क्रीनिङ गरिन्छ । हिमोफिलियाको परीक्षणका लागि आठ सयदेखि दुई हजारसम्म लाग्ने गर्दछन् । रगत जमाउने आवश्यक तत्त्वको कमीको कारणले लामो समयसम्म रक्तस्राव भइरहेन अवस्थालाई हिमोफिलिया भनिन्छ । हिमोफिलिया एक वंशाणुगत समस्या हो भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने रगतको १३ वटा तत्त्वमध्ये कुनै एउटा तत्त्वको कमीको कारण हिमोफिलिया हुन्छ ।

यो वंशाणुगत र कोषमा उत्परिवर्तन भएर पनि हुन्छ । हिमोफिलिया प्रभावित व्यक्तिहरू चोट पटक लाग्न सक्ने स्थानबाट सकभर जोगिनुपर्ने हुन्छ । शरीरमा रगत जमाउने आवश्यक तत्त्वमध्ये कुनै तत्त्वको मात्रा एक प्रतिशतभन्दा कम भएका गम्भीर हिमोफिलिया, एकदेखि पाँच प्रतिशतसम्म भएमा मध्यम हिमोफिलिया र पाँच प्रतिशतभन्दा माथि भएका अल्प हिमोफिलिया भनिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार