कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

कर्णाली प्रदेशको नीति र कार्यक्रम बहुमतले पारित

प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत, जेठ २६ गते । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकले जेठ २३ गते बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम पारितका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गर्नुभयो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कँडेलले नीति र कार्यक्रममा रहेको शीर्षक अनुसार बजेट आउने बताउनुभयो । उहाँले अघिल्ला सरकारले ल्याएका राम्रा योजनालाई निरन्तरता दिएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया