श्रावण ३१, २०८३ आइतबार August 16, 2026

दुई दिने आँखा शिविरबाट ७७८ जना लाभान्वित

शिविरमा आँखा परिक्षण, चस्मा वितरणसँगै शल्यक्रिया सेवा समेत सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अछाम । अछामको कमलबजारमा सञ्चालित दुई दिने आँखा शिविरबाट ७७८ जनाले सेवा लिएका छन् ।

नेपाल नेत्र ज्योति संघ तथा गेटा आँखा अस्पतालको सहयोग र कमलबजार नगरपालिका तथा स्वास्थ्य कार्यालय अछामको आयोजनामा हिजो र आज सञ्चालित आँखा शिविरबाट ३८० पुरुष र ३९८ महिलाले सेवा लिएका हुन ।

सेवा लिन आउनुभएका ढकारी गाउँपालिका–६ का नारु कामीले घर आँगनमै आँखा परीक्षणसँगै आँखासम्बन्धी विशेषज्ञ सेवा लिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । यस्तै कमलबजार नगरपालिका–सेराका धौली उखेडाले शिविर बाट सेवा लिन पाएकोमा आयोजक लाई धन्यवाद व्यक्त गर्नुभयो ।

शिविरमा कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, ढकारी र तुर्माखाद गाउँपालिकाका नागरिकले सेवा लिएका छन् । शिविरमा आँखा परिक्षण, चस्मा वितरणसँगै शल्यक्रिया सेवा समेत सञ्चालन गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार