श्रावण ५, २०८२ सोमबार July 21, 2025

टी-२० विश्वकप : अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हरायो

इंग्ल्याण्डमाथि अष्ट्रेलियाको सानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः टी–२० विश्वकपमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । बार्बाडोसको केन्सिङ्टन ओभलमा खेलिएको समूह ‘बी’को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर २०१ रन बनाएको थियो ।

जवाफमा इङ्लिस टोलीले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो । अस्ट्रेलिया यस विश्वकपमा २०० रनको अंक छुने पहिलो टोली बनेको छ । अब अष्ट्रेलियाले जुन ११ मा नामिबिया र इंग्ल्याण्डले जुन १३ मा ओमानको सामना गर्नेछ ।

यो जितसँगै अस्ट्रेलिया दुई खेलबाट दुई जित र चार अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ । योसँगै स्कटल्याण्ड तीन अंकसहित दोस्रो स्थानमा छ । दुई अंकसहित नामिबिया तेस्रो र एक अंक जोडेको इंग्ल्याण्ड चौथो स्थानमा छ ।

ओमानले खाता खालेको छैन । इङ्ल्यान्ड र स्कटल्याण्डबीचको खेल वर्षाले रद्ध भएको थियो जसका कारण टोलीले सुपर आठमा छनोट हुने मौका गुमाउन सक्छ ।

अष्ट्रेलियाको इनिङ्स

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर २०१ रन बनाएको थियो । कुनै पनि अष्ट्रेलियाली ब्याट्सम्यानले ४० को अंक छुन सकेनन्, तर पनि टोलीले २००ं रन बनायो । ट्राभिस हेड र डेभिड वार्नरले टोलीलाई तीव्र सुरुवात दिलाए । दुवैले पाँच ओभरमा ७० रनको साझेदारी गरे ।

हेड १८ बलमा ३४ रन बनाएर आउट भए भने डेभिड वार्नर १६ बलमा ३९ रन बनाएर आउट भए । हेडले दुई चौका र तीन छक्का प्रहार गरे भने वार्नरले दुई चौका र चार छक्का प्रहार गरे । हेडलाई जोफ्रा आर्चरले क्लिन बोल्ड गरेका थिए भने वार्नरलाई मोइन अलीले क्लिन बोल्ड गरेका थिए । यसपछि कप्तान मिचेल मार्स र ग्लेन म्याक्सवेलबीच ६५ रनको साझेदारी भयो । यो साझेदारी लियाम लिभिङस्टोनले तोडेका थिए । उनले मार्सलाई आउट गरे ।

मार्सले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३५ रनको इनिङ खेले । आदिल रासिदले म्याक्सवेललाई साल्टको हातमा क्याच आउट गराए । उनी २५ बलमा तीन चौका र एक छक्काको मद्दतले २८ रन बनाएर आउट भए । अस्ट्रेलियाको टोलीलाई १६८ रनको स्कोरमा पाँचौं झट्का लाग्यो ।

लियाम लिभिङस्टोनले टिम डेभिडलाई क्रिस जोर्डनबाट क्याच आउट गराए । उनले ११ रन बनाउन सके । स्टोइनिसले १७ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३० रनको इनिङ खेले । जोर्डनले उनलाई आउट गराए । यो टी–२० अन्तर्राष्ट्रियमा जोर्डन को १०० औं विकेट थियो । प्याट कमिन्सले खाता खोल्न सकेनन् । त्यस्तै, म्याथ्यु वेडले १० बलमा तीन चौकाको मद्दतले १७ रन बनाएर अविजित रहे ।

इंग्ल्याण्डका लागि क्रिस जोर्डनले २, मोइन अली, लियाम लिभिङस्टोन, आदिल रासिद र जोफ्रा आर्चरले १–१ विकेट लिए ।

इंग्ल्याण्डको इनिङ्स

जवाफमा इंग्ल्याण्डले उत्कृष्ट सुरुवात गरेको थियो । कप्तान जोस बटलर र फिल साल्टले ४३ बलमा ७३ रनको साझेदारी गरेका थिए । यसपछि एडम जाम्पा खेलमा हाबी भए । उनले फिल साल्ट र बटलरलाई प्याभिलियन पठाए ।

साल्ट २३ बलमा चार चौका र दुई छक्काको मद्दतले ३७ रन बनाएर आउट भए । योसँगै बटलरले २८ बलमा ५ चौका र दुई छक्का प्रहार गर्दै ४२ रनको इनिङ खेले । यी दुई आउट भएपछि इंग्ल्याण्डको इनिङ्स सुस्त भयो र कुनै पनि ब्याट्सम्यानले आक्रामक प्रहार गर्न सकेनन् ।

विल ज्याक १० रन बनाएर, जोनी बेयरस्टो ७ रन बनाएर, मोइन अली २५ रन बनाएर र लियाम लिभिङस्टोन १५ रन बनाएर आउट भए । जसमा ह्यारी ब्रुकले १६ बलमा २० रन र क्रिस जोर्डनले एक रनको अविजित इनिङ्स खेले । अस्ट्रेलियाका लागि प्याट कमिन्स र जाम्पाले समान २–२ विकेट लिए । योसँगै जोस हेजलउड र मार्कस स्टोइनिसले एक-एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार