श्रावण ५, २०८२ सोमबार July 21, 2025

आइसीसी टी–२० विश्वकप : दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई चार विकेटले हरायो

दक्षिण अफ्रिकाको जितमा डेभिड मिलरको अर्धशतक प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई चार विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।

नेदरल्याण्ड्सले दिएको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो ।

दक्षिण अफ्रिकाको जितमा डेभिड मिलरले अर्धशतक प्रहार गरे । ५१ बलको सामना गरेका मिलरले तीन चौका र चार छक्काको मदतमा ५९ रन बनाए ।

त्यस्तै ट्रिस्टन स्टब्सले ३३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् ।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्मा र लोगान भ्यान बेकले दुई-दुई विकेट लिए । बास डे लीडेको नाममा एक विकेट रह्यो । त्यसअघि न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १०३ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि साइब्रान्ड इन्जेलबेच्टले सर्वाधिक ४० रन बनाए ।

त्यस्तै विक्रमजीत सिंहले १२, कप्तान स्कट एडवर्ड्सले १०, बास डे लीडेले ६ बनाए । लोगान भ्यान बेकले २३ रन बनाउदा माइकल लेविट र तेजा निदामनुरु शुन्य रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्ते, बार्टम्यान र मार्को यानसनले दुई-दुई विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार