असार २३, २०८२ सोमबार July 7, 2025

नारायणी अस्पताललाई तराई मधेसको प्रमुख उपचार केन्द्रको रुपमा स्थापित गरिन्छ – स्वास्थ्यमन्त्री

अदालतमा विचाराधीन रहेको नारायणी अस्पताल भवन निर्माणको मुद्दालाई फास्ट ट्र्याकमा सम्बोधन गर्न पहल भइरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगन्जको नारायणी अस्पताललाई तराई मधेसकै प्रमुख उपचार केन्द्रको रुपमा स्थापित गरिने बताउनुभएको छ ।

गृहनगर वीरगञ्ज आइपुग्नुभएका मन्त्री यादवले अस्पतालको ओपिडी, फार्मेसी, पोस्टअप, ल्याब लगायतका विभिन्न शाखाहरूको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रममा अदालतमा विचाराधीन रहेको नारायणी अस्पताल भवन निर्माणको मुद्दालाई फास्ट ट्र्याकमा सम्बोधन गर्न पहल भइरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री र कानुन मन्त्रीसँग भेटेर मुद्दाको फैसला चाँडै गर्न आग्रह गरेको र फैसला भएसँगै भवन निर्माणको काम द्रुतगतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवले अस्पतालको पूर्वाधार विकासदेखि औषधि, उपकरण खरिदका लागि मन्त्रालयबाट विभिन्न प्याकेजहरू घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले समग्र देशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि पूर्व स्वास्थ्य मन्त्रीसँग सहकार्य गर्दै विज्ञहरूको सुझाव अनुसार काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले अस्पतालको भवन पुरानो हुँदा बिरामीहरूको उपचारमा समस्या आएको बताउँदै, अधिकांश भवनहरूको अवस्था जर्जर रहेको र वर्षायाममा पानी चुहिँदा उपचारमा कठिनाइ आउने समस्या रहेको बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई प्रमुख एजेण्डा बनाएर काम गर्न स्वास्थ्य मन्त्री यादवलाई आग्रह गर्नुभएको थियो ।

अनुगमन कार्यमा नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी लगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार