श्रावण ५, २०८२ सोमबार July 21, 2025

न्यूजिल्याण्डलाई हराउँदै वेस्ट इन्डिज सुपर आठमा

न्यूजिल्याण्डले अब तेस्रो खेल शनिबार युगान्डासँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वेस्ट इन्डिज जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ। बिहीबार बिहान सम्पन्न समूह सी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्यूजिल्याण्डलाई १३ रनले पराजित गरेसँगै विश्वकपको सुपर आठमा पुगेको हो।

वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछाएको न्यूजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन मात्र बनाएको थियो। न्यूजिल्याण्डका लागि ग्लेन फिलिपले सर्वाधिक ४० रन बनाए भने फिन एलेनले २६ तथा मिचेल सेन्टनरले अविजित २१ रन बनाएका थिए।

त्यस्तै वेस्ट इन्डिजका बलर अल्जारी जोसेपले ४ र गुडाकेश मोतिले ३ विकेट लिएका थिए। यस अघि पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि शेरफान रुथरवूडले सर्वाधिक ६८ रन बनाएका थिए। त्यसै गरी न्यूजिल्याण्डका बलर ट्रेन्ट बोल्टले ३ तथा टिम साउदी र लुकी फर्गुसनले २-२ विकेट लिएका थिए।

यो जितपछि वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर ६ अङ्क सहित समूह सी बाट सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ। त्यस्तै न्यूजिल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ र सुपर आठको यात्रा सङ्कटमा परेको छ। यस समूहमा अफगानिस्तानले २ खेलमा दुवै जित हासिल गरेर ४ अङ्क बटुल्दै दोस्रो स्थानमा रहेको छ।

अब अफगानिस्तानले शुक्रबार पिएनजीविरुद्धको खेलमा जित हासिल गरेमा सुपर आठमा पुग्ने छ भने न्यूजिल्याण्ड सुपर आठको दौडबाट बाहिरिने छ। न्यूजिल्याण्डले अब तेस्रो खेल शनिबार युगान्डासँग खेल्ने छ । त्यस्तै वेस्ट इन्डिजले भने जुन १८ मा अफगानिस्तानसँग खेल्ने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार