श्रावण १३, २०८३ बुधबार July 29, 2026

मस्कमाथि महिला कमर्चारीसँग यौन सम्बन्ध बनाएको आरोप

मस्कसँग सन्तान जन्माउन नमान्दा तलब नदिइएको महिलाको गुनासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एलन मस्कमाथि स्पेस–एक्समा काम गर्ने महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकशित रिपोर्टमा स्पेस-एक्स र टेस्लाका मालिक मस्कले महिला कर्मचारीहरूलाई बच्चा जन्माउन दबाब दिएको उल्लेख छ ।

यस मामिलामा तीनजना महिला अगाडि आएका छन्, जसमध्ये दुईले मस्क र उनीहरुबीच यौन सम्बन्ध रहेको दाबी गरेका छन् । एक महिलाले मस्कले उनीसँग धेरै पटक आफ्नो बच्चा जन्माउने कुरा गरेको बताएकी छन् । यी मध्ये एक महिला स्पेस-एक्समा इन्टर्न थिइन् ।

मस्कसँग सन्तान जन्माउन नमान्दा तलब नदिइएको महिलाले बताएकी छन् । यति मात्र होइन, उनको प्रदर्शन पनि जानाजानी बिगारिएको आरोप लगाएकी छन् ।

अर्कोतर्फ, मस्कका वकिलहरूले वाल स्ट्रीट जर्नलको रिपोर्टलाई अस्वीकार गरेका छन् । उनीहरु ले यो प्रतिवेदन झुटो भएको र यसमा झुटा आरोप लगाइएको बताएका छन् । यसबाहेक स्पेस-एक्सका अध्यक्ष ग्वेन शटवेलले पनि उक्त आरोपलाई झुटो भनेका छन् ।

वाल स्ट्रीट जर्नलले आफुहरुसँग पर्याप्त प्रमाण रहेको बताउदै आफ्नो प्रतिवेदनमा ४८ जनाभन्दा बढी व्यक्तिबाट प्रमाण रहेको बताएको छ । जसमा सन्देशहरू, इमेलहरू र अन्य कागजातहरू समावेश छन् ।

जब महिला कर्मचारीहरूले कम्पनीको एचआरलाई यस विषयमा गुनासो गरे, एचआरले स्पेस-एक्सका अध्यक्ष ग्वेन शटवेललाई सम्पूर्ण कुरा बताएको दाबी गरिएको छ । यसपछि, शटवेलले मानव संसाधन टोलीलाई महिला कर्मचारीहरूलाई कम्पनीबाट निष्कासन गर्न आदेश दिएको रिपोर्टमा उल्लेख छ ।

यसअघि २०२२ मा एक उडान परिचारकले मस्कले उनलाई कामुक मसाज गर्न भनेको बताएकी थिइन् ।

२०२१ मा स्पेस-एक्सका ५ भूतपूर्व महिला कर्मचारीले कम्पनीका केही व्यक्तिमाथि यौन उत्पीडनको आरोप लगाएका थिए । यति मात्र होइन, यस वर्षको सुरुमा पनि एक पूर्व कर्मचारीले कम्पनीमाथि यौन उत्पीडन र भेदभावको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् । यी सबै उजुरीहरू पछि, क्यालिफोर्नियाको नागरिक अधिकार एजेन्सीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार