श्रावण ५, २०८२ सोमबार July 21, 2025

ठमेलमा बास्केटबल प्रतियोगिता सुरु

गोदावरी अल्मुनाई एसाेसियसनको सभा हल ठमेलमा सुरु भएको प्रतियोगितामा २३ समूहको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई हौसला प्रदान गर्न ठमेलमा बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ । ‘बन टु हुप क्लब’ को आयोजनामा आजदेखि गोदावरी अल्मुनाई एसाेसियसनको सभा हल ठमेलमा सुरु भएको प्रतियोगितामा २३ समूहको सहभागिता रहेको छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका-२६ का वडा सदस्य प्रवेश श्रेष्ठले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “खेलकुदको माध्यमबाट युवालाई अनुशासित बनाउनका साथै स्वस्थ्य शरीर र मस्तिष्कको विकास गर्न, समग्र खेल क्षेत्रको उत्थान गरेर प्रतियोगिताले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । प्रतियोगितामा १७ पुरुष र छ महिला समूह सहभागी छन् ।

आज र भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम समूहलाई २० हजार ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रोलाई १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिलातर्फ प्रथम हुनेलाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने समूहलाई सात हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक सोजेश मालाकारले जानकारी दिनुभयो । पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीलाई ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । संयोजक मालाकारले प्रतियोगिताले बास्केटबल खेलको विकास गर्दै खेलाडीलाई हौसला प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार