श्रावण ५, २०८२ सोमबार July 21, 2025

टी-२० क्रिकेट : इंग्ल्यान्डद्वारा नामिबिया ४१ रनले पराजित

समूह ‘ए’ को भारत र क्यानडाबिचको खेल भने वर्षाका कारण रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले नामिबियालाई हराएको छ । शनिबार राति वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड डीएलएस पद्धतीमा ४१ रनले विजयी भयो । इंग्ल्यान्डलाई सुपर आठमा पुग्न यो को खेल जित्नैपर्ने दबाब थियो ।

समूह ‘बी’ मा रहेको इंग्ल्यान्डको चार खेलमा पाँच अङ्क भएको छ । यो समूहबाट अस्ट्रेलिया तीन खेलमा छ अङ्कसहित सुपर आठमा पुगिसकेको छ । अब इंग्ल्यान्डले सुपर आठमा पुग्न स्कटल्यान्ड र अस्ट्रेलियाबीचको खेल कुनुपर्नेछ ।

तीन खेलमा समान पाँच अङ्ककका साथ स्कटल्यान्ड तेस्रो स्थानमा छ । स्कटल्यान्डले अन्तिम आठमा पुग्न अस्ट्रेलियालाई हराउनुपर्ने हुन्छ । स्कटल्यान्ड पराजित हुँदा नेट रन रेटका आधारमा इंग्ल्यान्ड सुपर आठमा पुग्नेछ ।

यस्तै, शनिबार नै समूह ‘ए’ को भारत र क्यानडाबिचको खेल भने वर्षाका कारण रद्द भएको छ । फ्लोरिडामा वर्षाका कारण टस समेत हुन सकेन । यो समूहबाट भारत सात अङ्कसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । त्यस्तै पाँच अङ्कका साथ आयोजक अमेरिका पनि यसअघि नै सुपर आठमा पुगिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार