श्रावण ५, २०८२ सोमबार July 21, 2025

इङल्याण्डको युरोकपमा विजयी शुरुवात

१३औं मिनेटमा जुडे बेलिङघमले गरेको गोल नै खेलको निर्णायक गोल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इङल्याण्डले युरोकपमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा इङल्याण्डले सर्बियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

इङल्याण्डको जितमा खेलको १३औं मिनेटमा जुडे बेलिङघमले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

समुह सी मा रहेको इङल्याण्डले यो जितपछि महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब इङल्याण्डले अर्को खेल जुन २० मा डेनमार्कविरुद्ध खेल्ने छ भने सर्बियाले जुन २० मै स्लोभेनियाविरुद्ध खेल्ने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया